काठमाडाैं- काेराेना भाइरसविरुद्धकाे खाेप एस्ट्राजेनेका परीक्षणकाे क्रममा पुरानाे डेटा प्रयाेग गरेकाे आराेप लगाइएकाे छ। युएस नेशनल एलर्जी तथा संक्रामक रोगको तथ्याङ्क डेटा सुरक्षा निगरानी बोर्डले एस्ट्राजेनेकले ट्रायलको बेला पुरानो डेटा प्रयोग गरेकाे आराेप लगाएकाे हाे।
बाेर्डका अनुसार यो खोप कत्तिको प्रभावकारी छ भनेर ठ्याक्कै भन्न गाह्रो छ।अमेरिकामा यस खोपको प्रयोगको बारेमा अन्तिम निर्णय लिन बाँकी छ।
‘परीक्षणको क्रममा पुरानो डेटा प्रयोग गरिएको हुनसक्छ। हामी कम्पनीलाई डेटा समीक्षा गर्न र बोर्डको सबैभन्दा सही, अप टू डेट प्रभावकारिता डेटा सकेसम्म चाँडो सार्वजनिक गर्न आग्रह गर्दछौं,’ बोर्डलेले भनेकाे छ।
यता अमेरिकी राष्ट्रपतिको चिकित्सक सल्लाहकार तथा एनआईएआईडी निर्देशक एन्थोनी फाउचीले मंगलबार बिहान एबीसी न्यूजको ‘गुड मार्निङ अमेरिका’ कार्यक्रममा पनि खोपको डेटामाथि प्रश्न पठाएका थिए।
‘यो एकदम राम्रो खोप हुन सक्छ। कम्पनीले सार्वजनिक गरेको डेटा साँच्चिकै राम्रो छ। तर, प्रेस विज्ञप्तिमा राखिएको डेटा पूर्ण रूपमा सही थिएन,’ उनले भनेका छन्।
एकदिन अगाडि मात्रै एस्ट्राजेनेकाले अमेरिका, चिली र पेरुमा गरेकाे क्लिनिकल ट्रायलमा खाेपकाे प्रभावकारिता ७९ प्रतिशत देखिएकाे जनाएकाे थियाे।
खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परीक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।
'अध्ययनले यो खोप सबै उमेरहरूमा प्रभावकारी रहेकाे पाइएकाे छ। विभिन्न उमेर समूहका ३२ हजारभन्दा बढी स्वयंसेवकहरूमा गरिएकाे अन्तिम चरणको परीक्षणमा औषतमा ७९ प्रतिशत प्रभावकारी देखिएकाे छ,' उत्पादनकर्ताले भनेका छन्।
यद्यपि, याे खाेप अमेरिका लगायत ५० देशमा वितरण गरिसकिएकाे छ। यस अध्ययनले खाेपमाथि रहेकाे आशंकालाई समाप्त पारेकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।