काठमाडाैं- पाकिस्तानकाे अदालतले बलात्कारमा संलग्न दुई जनालाई मृत्युदण्डको सजाय सुनाएकाे छ।
न्यायाधीश अर्सद हुसेन भुट्टाले अबिद माल्ही र सफकत अलि नाम गरेका दुई जनालाई मृत्युदण्डको सजाय सुनाएका हुन्।
पेट्रोल सकिएपछि महिला सवार कार बिच बाटोमा रोकिएको थियो। उक्त कारमा महिलाका साना छोराछोरी थिए।
अधिकारीहरुका अनुसार दुई पुरुषले सडकमा महिला देखेपछि लखाटेका थिए। ती महिला भाग्दै कारभित्र पसिसकेकी थिइन्।
तर, बन्दुकधारी दुई पुरुषले गाडीको सिसा फुटाउँदै महिलालाई बाहिर निकालेका थिए।
उनीहरुले बन्दुक तेस्याउँदै महिलाको बलात्कार गरेकाे बताइन्छ। बलात्कार पछि ती महिलाको पैसा, गहना तथा बैंक कार्डहरु सबै लुटपाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।