काठमाडाैं- भारतले कोरोना भाइरस परीक्षणको दायरा बढाउने भएको छ। पछिल्लो दिनमा कोरोना भाइरसको संक्रमित तीव्र रूपमा वृद्धि हुन थालेपछि अप्रिदेखि परीक्षण बढाउन लागिएको हो।
भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ संक्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ।
गत जनवरीको अन्त्यतिर दैनिक नयाँ संक्रमितको संख्या घटेर नौ हजारसम्म पुगेकोमा अहिले ४० हजारभन्दा बढी पुगेको छ।
केन्द्रीय सरकारले मंगलबार गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ।
कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ।
‘देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्नरगराउन सबैलाई आग्रह गर्छौं,’ गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।