काठमाडाैं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताकाे सेवामा खटिएकाे बताएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को मंगलबार बसेको बैठकमा उजले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन्।
‘म कोरोनाभाइरसको महामारीका बेलामा पनि लगातार सेवामा लागि रहें, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो,’ उनले भने।
उनले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।