काठमाडाैं- भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा माओवादीको आक्रमणमा परी ५ सैनिकको मृत्यु भएको छ। घटनामा १४ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फाेट हुँदा बसमा २४ जना सवार थिए। उनीहरु तालिमबाट फर्किँदै गर्दा आक्रममा परेको बताइएको छ। घाइते सैनिकहरुलाई वायुसेनाको हेलिकप्टरबाट रायपुर पठाइएको छ।
प्रहरीका अनुसार माओवादीहरुले मार्च १७ मा सरकारसँग शान्ति वार्ताको प्रस्ताव गरेका थिए।
‘जनताको हितको लागि छत्तीसगढ सरकारसँग वार्ता गर्न तयार छौं। तर, हाम्रो तीन सर्तहरू छन्। जसमा सशस्त्र सेना हटाउने, माओवादीमाथि लगाइएको प्रतिबन्ध हटाउने र जेलमा रहेको नेताहरूको विना शर्त रिहाइ,’ उनीहरुले विज्ञप्तिमा भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।