काठमाडौं– भारतका केन्द्रीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले अप्रिल १ देखि ४५ वर्षभन्दा माथिका सबै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लिन सक्ने बताएका छन्।
भारत सरकारले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको कोभिसिल्डको खोप लगाइरुहेको छ।भारतमा अहिले ४५ देखि ६० वर्षभन्दा माथिकालाई यो खोप दिँदै आएको छ। तर, सरकारले कोरोनाविरुद्धको खोप लिने व्यक्तिमा कुनै दीर्घ रोग भने नभएको हुनुपर्ने शर्त राखेको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जावडेकर भने, ‘यसबारे मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो। टास्क फोर्सको सल्लाह र वैज्ञानिक आधारमा निर्णय गरिएको हो। अप्रिल १ देखि ४५ वर्षभन्दा माथिका सबै मानिसहरुलाई खोप दिइने छ, रोग लागेको होस् वा नहोस्।’
यस्तै सरकारले कोरोना विरुद्धको खोप लगाउने समयान्तर बढाएको छ। सरकारले पहिलो खोपको डोज लिएको व्यक्तिले दोस्रो डोज लिन ६ देखि ८ हप्ता कुर्नुपर्ने बताएको छ।
पहिलो मात्रापछि दोस्रो मात्रा लगाउने अवधि ६ हप्तादेखि ८ हप्तासम्म फरक पार्दा खोपको प्रभावकारिता बढी हुने उनीहरुले दावी गरेका छन्। अहिलेसम्म यसको अन्तर २८ दिन छ।
मन्त्री जावडेकरले भने,‘पहिलो खोपको डोज लिएकाले दोस्रो खोपको डोज लिन ४ देखि ८ हप्ता लाग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।