काठमाडाैं- भारतकाे मध्यप्रदेशस्थित ग्वालियरमा मंगलबार बिहान भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
पुरानो क्यान्टोनमेन्ट क्षेत्रमा बस र अटो रिक्सा ठोकिँदा १३ जनाको मृत्यु भएको हो। ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन्।
राज्य सरकारले मृतकको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार दिने घोषणा गरेको छ।
‘म र राज्यका जनता यस शोकाकुल घडीमा मृतकाको परिवारका साथ छौं। उनीहरुले आफूलाई एक्लो मान्नु हुँदैन। प्रत्येक मृतकको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार राज्य सरकारले दिनेछ,’ मुख्यमन्त्री शिवराजसिंह चौहानले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।