काठमाडाैं- बंगलादेशकाे दक्षिणी भागमा रहेकाे रोहिज्या शरणार्थी शिविरमा आगलागी भएकाे छ। साेमबार कक्स बजार क्षेत्रमा निर्माण गरिएको बालुखली शिविरमा आगलागी भएकाे हाे।
आगलागीबाट हजारौं अस्थायी आवासहरू जलेकाे स्थानिय अधिकारीहरुले जनाएका छन्। यी शिविरमा म्यानमारबाट आएका लाखौं शरणार्थीहरू बसिरहेका छन्।।
संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोभनका अनुसार घटनाकाे खबर पाउने बितिकै उद्धार टोलीहरू खटाइएकाे थियाे।
प्रत्यक्षदर्शीका अनुसार घटनमा धेरै शरणार्थीको मृत्यु भएकाे आशंका गरिएकाे छ। तर, संयुक्त राष्ट्र संघ वा स्थानीय प्रशासनका कुनै पनि अधिकारीले मृतकको संख्या पुष्टि गरेका छैनन्।
सन् २०१७ मा म्यानमारबाट भागेका लाखैं रोहिज्या शरणार्थीहरू कोक्स बजार र वरपरका शिविरहरूमा बस्छन्। संयुक्त राष्ट्र संघ र धेरै मुस्लिम देशहरूले उनीहरूलाई मद्दत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।