काठमाडाैं- अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका छन्।
हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको गएकाे पहिराेमा परी एक बुबा र उनकै छोराको मृत्यु भएको छ। त्यसैगरी एकै परिवारका दुईजना घाइते भएकाे प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताए।
अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।