प्रतिकात्मक तस्बिर।
कैलाली- बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्।
प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।
गोली लागेर घाइते भएका दुईजनालाई उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।