कैलाली– बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध पारेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा बसको ठक्करबाट २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी देवकोटाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।
टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट देवकोटाको मृत्यपछि आफन्तसहित स्थानीयले बाटो अवरोध गरेका हुन्। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।