काठमाडाैं- युरोपेली संघ (ईयू)ले सिन्जाङ प्रान्तमा मानवअधिकार हनन गरेकाे आराेपमा उच्च सुरक्षा निर्देशकलगायत चार चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।
उत्तर पश्चिमी चीनमा मुस्लिम समुदायमाथि ज्यादती गरेकाे भन्दै ईयूले तान्जाङ पब्लिक सिक्यूरिटी ब्यूरोका निर्देशक चेन मिङ्ग्याेसहित ४ अधिकारीमाथि साेमबार प्रतिबन्ध लगाएकाे हाे।
'चेन मानव अधिकार उल्लघंनकाे लागि मुख्य जिम्मेवार छन्। उनले उइगुर र अन्य मुस्लिम जातीय अल्पसंख्यक मानिसहरुमा मनमानी हिरासत र अपमानजनक व्यवहार, साथै धर्म वा विश्वासको स्वतन्त्रताको उल्लघंन गरेका छन्,' ईयुले भनेकाे छ।
याेसँगै ईयू राष्ट्रहरुमा उनीहरुलाई प्रवेश निषेध गरिएकाे छ भने चलअचल सम्पति पनि राेक्का गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।