काठमाडाैं- नाइजरको संवैधानिक अदालतले गत महिना सम्पन्न राष्ट्रपतीय निर्वाचनमा मोहम्मद बाजुमको जित भएकाे घाेषणा गरेकाे छ।
सत्तारुढ दल सोसल डेमोक्र्या्टिक पार्टी (पिएसडी)बाट उम्मेदवार बनेका पूर्वआन्तरिक मन्त्री बाजुमले ५५. ६६ प्रतिशत मत ल्याएर निर्वाचनमा जित हासिल गरेकाे अदालतले जनाएकाे हाे।
यता उनका प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति माेहमद ओस्मानले ४४. ३४ प्रतिशत मत ल्याएका छन्।
याेसँगै बाजुमलाई अर्को महिना राष्ट्रपति पदको शपथ लिन अनुमति दिइएकाे छ। अप्रिल २ मा नाइजरमा पहिलोपटक प्रजातान्त्रिक तवरले राष्ट्रपति मोहमदु इसोफुले बजुमलाई सत्ता हस्तान्तरण गर्नेछन्।
इसाेफुले पाँच वर्षे कार्यकाल पुरा गरेर पद छाड्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।