काठमाडाैं– ताइवानले साेमबारदेखि काेराेना भाइरसविरुद्धकाे खाेप अभियान सुरु गरिएकाे छ। नेसनल ताइवान युनिभर्सिटी अस्पतालमा ताइवानका प्रधानमन्त्री सु सेङ–चाङलाई खोपको पहिलो डोज लगाएर अभियान सुरु गरिएकाे हाे।
खाेप लगाएको आधा घण्टापछि प्रधानमन्त्री चाङले आफूमा कुनै गम्भीर असर नदेखिएको प्रतिक्रिया जनाएका छन्।
ताइवानले पहिलो चरणमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेकाे काेराेनाविरुद्धको १ लाख ७० हजार डाेज खाेप खरिद गरेकाे थियाे।
याे खाेप पहिलाे चरणमा स्वास्थ्यकर्मीलाई दिइनेछ। त्यसपछि अन्य अग्रपन्तिमा रहेका कामदारहरुलाई दिइने जनाइएकाे छ। खाेप सबैले नि:शुल्क खोप प्राप्त गर्ने बताइएको छ।
एस्ट्राजेनिकाको खोप लगाउँदा युरोपका केही देशमा रगत जम्ने खतरा उत्पन्न भएको घटना सार्वजनिक भएको थियो। त्यसकारण केही देशले तत्काल यस खोप प्रयोग नगर्ने बताएको छ।
तर युरोपको स्वास्थ्य नियामक संस्थासँगै डब्लूएचओले यो खोप सुरक्षित भएको बताएपछि ताइवानमा यो खोप लगाउन थालिएको हो।
ताइवानमा २ करोड ३६ लाख मानिसहरु छन्। ताइवानले महामारीलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेकाे थियाे जसका कारण हालसम्म एक हजार ६ संक्रमित फेला परेका छन्। २४ काेराेना संक्रमित अस्पताल भर्ना भएका थिए भने १० जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।