काठमाडाैं- दिल्ली सरकारले रक्सीको तस्करी रोक्न र राजस्व बढाउन एक्साइज नीति परिवर्तन गरेको छ। याेसँगै दिल्लीमा २१ वर्ष उमेरदेखि नै मदिरा पिउने पाइने भएकाे छ।
दिल्लीका उप-मुख्यमन्त्री मनीष सिसोदियाले सोमबार नयाँ एक्साइज नीति घोषणा गरेसँगै मदिरा पिउने उमेर २५ बाट २१ वर्षमा झरेको हो। तर २१ वर्ष मुनिका उमेर समूहले रक्सी पिउन पाउनेछैनन्।
क्याबनेटबाटै स्वीकृति पाएकोले यो नियम लागु हुने उनले जानकारी दिए। साथै दिल्लीमा नयाँ मदिरा पसल खोल्न रोक लगाइएको छ।
‘दिल्लीमा अब सरकारी मदिरा पसल हुनेछैन। यसका साथै नयाँ मदिरा पसललाई पनि स्वीकृति दिइने छैन,’ उनले भने।
अन्तशुल्क छली गर्न यो नियम लागु गरिएको उनले जानकारी दिए। यो नीति लागु भएपछि २० प्रतिशतसम्म राजस्व वृद्धि भएको बताइन्छ।
‘अन्तशुल्क नीतिले दिल्लीका मदिरा माफियाको लागि झट्का दिएको छ। यसलाई हटाउन माफिया जे पनि गरन सक्छन्। आम आदमी पार्टीको सरकारले शिक्षा, पानी, बिजुली र स्वास्थ्य माफियाको अन्त्य गरेको छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।