काठमाडाैं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बहुमत ल्याउने पक्का भएकाे छ। मंगलबार चाैथो पटक सम्पन्न निर्वाचनमा उनले बहुमत ल्याउने पक्का भएकाे हाे।
स्थानिय सञ्चारमाध्यमका अनुसार नेतन्याहुलाई सरकार गठनका लागि चाहिने स्पस्ट बहुमत भने नमिल्ने भएकाे छ। इजरायलको १२० सदस्यीय निर्वाचनमा सरकार गठनका लागि ६१ सीट संख्या आवश्यक पर्छ।
यता लिकुड पार्टीले सरकार गठनका लागि एक सदनात्मक संसदमा बहुमत नआउने देखिएपछि आन्तरिकरूपमा गठबन्धनको तयारी थालेको छ।
इजरायलको सरकारको नेतृत्यमा विगत १२ वर्षदेखि निरन्तर रहेका नेतन्याहुले आगामी कार्यकाल पनि सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।