काठमाडौं– प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हुम्लाको सर्केगाढ गाउँपालिका–१ का २६ वर्षीय मिमबहादुर बुढालाई काठमाडौं हाँडिगाउँबाट पक्राउ गरेको हो।
बाँकेको वैद्यनाथ गाउँपालिका–१ गाँवरमा कर्णराज रोकायले सञ्चालन गरेको होमस्टेको कोठामा गत मंसिर २१ गते ११ कक्षमा पढ्ने एक छत्रालाई बलात्कार गरेको उनीमाथि आरोप लागेको छ।
ती छात्रालाई नसालु पदार्थ खुवाएर बेहोस बनाई बुढा फरार भएका थिए। पक्राउ परेका बुढालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सिआइबीका प्रवक्ता गंगा पन्तले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।