काठमाडाैं- भारतीय जनता पार्टी (भाजपा) नेतृत्वले उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथसिंह रावतलाई राजधानी नयाँदिल्ली बोलाइएको छ। पछिल्लोपटक २० बच्चा किन नजन्माएको भन्ने अभिव्यक्ति विवादित भइरहेकाे बेला उनलाई दिल्ली बाेलाइएकाे हाे।
तीरथसिंह सोमवारदेखि ४ दिने दिल्ली भ्रमणमा पुगेका छन्। दिल्लीमा रहँदा मुख्यमन्त्री रावतले पार्टी नेतृत्व सँगसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि पूर्व मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले एक विवादित अभिव्यक्ति दिएपछि राजीनामा दिनुपरेको थियो। उनले महिलाले लगाउने फाटेको जिन्स पाइन्टको आलोचना गरेका थिए।
विवादित अभिव्यक्तिकै कारण रावतकाे पद गएकाे हाे। पुन: मुख्यमन्त्री फेरबदल हुनसक्ने चर्चा राजनीतिक वृत्तमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।