• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जुद्ध म्याच फ्याक्ट्रीको १५ करोड मूल्यको जग्गा ४ करोडमा लिलामी गर्ने निर्णय सर्वोच्चद्वारा सदर

64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  १६:३०
1140x725

काठमाडौं- सर्वोच्च अदालतले नेपालकै पहिलो सलाई उद्योग जुद्ध म्याच फ्याक्ट्रीको ७ विघा १६ कठ्ठा १३ धुर जग्गा सस्तो दरमा लिमामी गर्ने निर्णयलाई सदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले करिब १५ करोड भन्दा धेरै पर्ने जग्गा ४ करोडमा लिलामी गर्ने निर्णयलाई सदर गरेको हो।

विराटनगरमा व्यवसाय गर्दै आएको शारडा गुप्रले बैंकको मिलेमतोमा उक्त फ्याक्ट्रीको जग्गा लिलाम गर्दै सरकारले तोकेको न्यूनतम दरभन्दा पनि सस्तोमा खरिद गरेको दाबी गर्दै  थियो।  

विसं‍‍. १९९५ मा सालमा स्थापना भएको उक्त कम्पनीको जग्गा र टहरा एक मात्र बोलपत्र हाल्ने व्यक्ति खडा गरी शारडा ग्रुपलाई न्यूनतम सरकारी मूल्यांकनको आधाभन्दा पनि निकै कम रकममा बिक्री गरिएको उनको दाबी थियो। तर, सर्वोच्चले उनको दाबी अस्वीकार गर्दै निवेदन खारेज हुने फैसला सुनाएको छ। सर्वोच्चको यो फैसलापछि उक्त जग्गा शारडा समूहले भोगचलन पाउने भएको छ। 

फ्याक्ट्रीले सो जग्गा नेपाल बैंकमा राखेर ऋण निकालेको थियो। बैंकमा राखिएको फ्याक्ट्रीको सोही जग्गा अनिल शारडाले चलखेल गरी आफ्नो नाममा लिलाममार्फत् सकारेका दाबीसहित सुरेन्द्रलाल  सुवाल पक्षले सर्वोच्चमा रिट हालेको थियो। तर, सर्वोच्चले सुवाल पक्षको तर्कलाई अस्वीकार गर्दै लिलामी गर्ने प्रक्रिया सही भएको फैसला सुनाएको छ।

तत्कालीन समयमा प्रचलित मूल्यभन्दा निकै कम र सरकारी मूल्यांकन अनुसार नै पनि १५ करोडभन्दा बढी पर्ने जग्गा जम्मा ४ करोड रुपैयाँमा शारडा ग्रुपले खरिद गरेको थियो। कम्पनीका अध्यक्ष सुवालले २०७० असार ३१ गते सर्वोच्चमा लिलामी बदरको माग गर्दै रिट दायर गरेका थिए। 

४८ लाखको विवाद 
उद्योग बन्द र कर्मचारीले तलब नपाएको अवस्थामा गुज्रिरहेको कम्पनी र नेपाल बैंक लिमिटेडबीचमा नयाँ विवाद सुरु भयो। बैंकसँग २०५५ पुस २३ मा पुरानो ऋणको साँवाब्याज र सोको ब्याजसमेत गरी ४८ लाख ४९ हजार २ सय ९४  रुपैयाँ पुगेको विषयमा विवाद सुरु भयो। नयाँ कर्जामा १४.२५ प्रतिशत ब्याज लाग्ने दाबी बैंकले गरेको थियो। 

तर, बैंकको यो दाबी स्वीकार गर्न अध्यक्ष सुवाल तयार भएनन्। उक्त ऋण वास्तविक नभई बैंकले आफूखुशी खडा गरेको दाबी सुवालको छ। बैंकले यसरी दाबी गरेको कर्जा खोज्दै जाँदा फ्याक्ट्रीले विभिन्न समयमा लिएका सानातिना कर्जा २३ लाख ४९ हजार २ सय ९४ रुपैयाँ मात्र भएको र सोको ब्याजमाथि ब्याज थपेर बैंकले आफैं सिर्जना गरी ४८ लाख भन्दा बढी बनाएको दाबी फ्याक्ट्रीले सर्वोच्चमा हालेको रिटमा उल्लेख छ। 

२०४७ सालमा ऋण लिँदा कम्पनीले आफ्नो नाममा रहेको जग्गा दृष्टिबन्धक रोक्कामा राखेको थियो। उक्त रोक्कामा रकम तिर्न नसकेमा ब्याजको ब्याज र पेनाल्टीसमेत असुल गरिने र त्यसलाई पनि असुल गर्न नसकिए चलअचल सम्पत्ति लिलाम गरी असुल गरिने उल्लेख थियो। सोही लिखतका आधारमा बैंकले लिलामी प्रक्रिया सुरु गरेको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

लामो समयसम्म फ्याक्ट्रीले बैंकको ऋण चुक्ता गर्न सकेन। ऋण असुली हुन नसकेपछि नेपाल बैंक ऋण असुली न्यायाधीकरण पुगेको थियो। न्यायाधीकरणले बैंकका ऋण असुल उपर गर्न कम्पनीको नाममा रहेको जग्गा लिलामी गर्न सक्ने फैसला सुनाएको थियो। २०६९ वैशाख ७ गते न्यायाधीकरणको उक्त फैसलापछि जग्गा लिलामीको प्रक्रिया बैंकले सुरु गरेको हो।  

जग्गाको मूल्यांकन सरकारी न्यूनतम दरभन्दा कम 
बैंकले आफ्नो ऋण उठाउन लिलामी प्रक्रियामा जाँदा कम्पनीलाई कुनै पनि सूचना नदिएको अध्यक्ष सुवालको तर्क छ। २०६९ सालमा भएको ऋण असुली न्यायाधीकरणको फैसलाका आधारमा २०७० जेठ १३ गतेसम्म तिर्न पाउनुपर्नेमा त्यसअघि नै सुटुक्क बैंकले लिलामी गरेको सुवालको भनाइ छ। 

४ करोडमा लिलामी 
न्यायाधीकरणको फैसलालाई आधार मान्दै बैंकले फ्याक्ट्रीका मेसिनरी सामानको मूल्यांकन ४८ लाख ४२ हजार ९ सय ९ सय ९५ र जग्गाको मूल्य ४ करोड निर्धारण गर्दै कम्पनी र सो कम्पनीको जग्गा लिलामी गर्‍यो। तर, न्यायाधीकरणको सो फैसलाले आफूलाई अन्याय गरेको भन्दै फ्याक्ट्रीका मालिक सुवाल सर्वोच्च पुगे। उनीसँगै अनिल शारडा पनि सर्वोच्च पुगेका थिए। सुवालले २०७० असार ३१ मा र शारडाले २०७० पुस ४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए। 

कम्पनीको नाममा रहेको ७ विघा १६ कठ्ठा १३ धुर जग्गा मालपोतको न्यूनतम मूल्यांकनअनुसार पनि १० करोड १८ लाख २२ हजार ५०० पाउनुपर्ने दाबी गरेका छन्। त्यस्तै, कम्पनीको मेसिनलगायतका चल सम्पत्तिको मूल्य ५ करोड पर्ने भएकाले सोही दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंक तथा वित्तिय संस्थाको ऋण असुली नियमावली विपरीत सात दिनको म्यादसमेत आफूले नपाएको जिकीर सुवालले रिटमा गरेका छन्। न्यायाधीकरणले २०७१ वैशाख ५ गते लिलाम हुने म्याद जारी गर्ने निर्णय गरेको र उक्त निर्णय हुनुभन्दा अघिल्लो दिन वैशाख ४ गते म्याद विराटनगर पठाइएको थियो। वैशाख ९ गते उक्त म्याद तामेल भएको पत्र न्यायाधीकरण पुगेको थियो। 

एकमात्र बोलपत्रवाला थिए शारडा 
सर्वोच्चमा हालेको रिटमा बैंकले एकमात्र बोलपत्रवाला खडा गरेर आफ्नो सम्पत्ति जबरजस्ती लिलामी गरेको दाबी सुवालले गरेका थिए। २०७० वैशाख ११ गते बोलपत्रदाता र बोलपत्रदाताको प्रतिनिधि नै उपस्थित नभई जग्गा लिलामी गराएको दाबी रिटमा गरिएको थियो। 

एउटामात्र बोलपत्र परेको अवस्थामा अमान्य हुने कानुनी व्यवस्था भएकाले यो खरिद गैरकानुनी भएको उनको दाबी  गरेपनि सर्वोच्चले सुवालको पक्षमा जारी गर्ने कानुनी आधार समाप्त भएको भनेको छ।   

२०६१ सालदेखि बन्द थियो फ्याक्ट्री 
कर्मचारीहरूको हड्ताल, राजनीतिक दबाब र अस्थिरता देखाउँदै २०६१ साल भदौ २३ गते सलाई उद्योग (म्याच फ्याक्ट्री) बन्द भएको थियो। उद्योग बन्द भएपछि उक्त कम्पनीको सेयर कर्मचारीलाई बिक्री गरिएको थियो। कर्मचारीहरूले करिब आधा र बाँकी ५१.३७ प्रतिशत सेयर कम्पनीका अध्यक्ष सुरेन्द्रलाल सुवाललाई बिक्री गर्ने निर्णय भएको थियो।

२०६२ जेठ २३ गते नयाँ सेयरधनीसहितका  कर्मचारीहरूले पुनः सञ्चालनमा ल्याएका थिए। फ्याक्ट्रीले २०४७/२०४८ सालमा संस्था सञ्चालनका लागि नेपाल बैंकसँग लिइएको ऋणको विषय कर्मचारीले कम्पनी संचालनमा ल्याएपछि सार्वजनिक भयो। यसपछि यही मुद्दामा विवाद सुरु भयो।

तत्कालीन व्यवस्थापनले नेपाल बैंकबाट २५ लाख ऋण लिएका थिए। पटकपटक गरी उनीहरूले सावा र ब्याज गरी बैंकलाई २८ लाख ९५ हजार ६ रुपैयाँ भुक्तानी गरेको दाबी गर्दै आएका छन्। यो विवाद चलिरहेकै समयमा २०६६ साउन २७ गते कम्पनी पुनः पूर्णरूपमा बन्द भयो।  

कम्पनी सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै बन्द भएको उद्योग खोल्ने भन्दै २०६६ भदौ १ गते रुग्ण उद्योगको सुविधा माग गर्दै सो फ्याक्ट्रीले उद्योग मन्त्रालयमा निवेदन दियो। तर, उद्योग मन्त्रालयले कुनै सुविधा दिने निर्णय नहुने भन्दै अस्वीकार गर्‍यो।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्