काठमाडौं- `बुक पोस्ट” सेवाबाट ५ केजीसम्म पुस्तक पठाउन पाइने प्रावधान यथावत रहेकाे सरकारले जनाएकाे छ।
संचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले विद्यमान व्यवस्थाअनुसार ५ केजीसम्मका पुस्तक बुक पोस्टमार्फत पठाउन सकिने व्यवस्था यथावत् रहे पनि केही गन्तव्य मुलुकहरूले आफ्नो राष्ट्रिय कानुनअनुसार २ केजीभन्दा बढी तौलका पुस्तकलाई बुक पोस्टका रूपमा स्वीकार नगरी पार्सलका रूपमा मात्र स्वीकार गर्ने
व्यवस्थाले भने समस्या सिर्जना भएकाे बताए ।
उनले फेसबुक पाेष्टमा शनिबार भनेका छन ` त्यस कारण त्यस्ता मुलुकमा पठाइएका सामग्री फिर्ता हुन सक्ने वा अतिरिक्त शुल्क लाग्न सक्ने जोखिम रहन सक्छ।´
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।