• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जगदम्बा रानीको हदबन्दीभन्दा बढी जग्गामा कानुनी झमेला:

कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च

64x64
नेपाल लाइभ शनिबार, साउन २३, २०८३  ०८:०५
1140x725

काठमाडौं– जगदम्बा कुमारी राणा (जगदम्बा रानी) को हदबन्दीभन्दा बढी १८ रोपनी जग्गा जफतको मागसहित सरकारले गरेको पुनरवलोकनमा सर्वोच्च अदालतले अनुमति दिने आदेश गरेको छ।

बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले निस्सा प्रदान गर्ने निर्णय गरेको हो।

इजलासले अनुमति दिएसँगै यो मुद्दा अब फेरि सुनुवाइमा जाने भएको हो। यसअघि कनकमणि र कुन्द दीक्षित परिवारले दिएको एक रिटमा सर्वोच्च अदालतको संयुक्त इजलासले सरकारको विपक्षमा फैसला गरेको थियो। तर अब फेरि यो प्रकरणमा सरकारको मागबमोजिम पुनः प्रारम्भदेखि नै सर्वोच्चमा सुनुवाइ सुरु हुने हुनेछ।

लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा तत्कालीन भूमिसुधार कार्यालय, ललितपुरले दीक्षित परिवारको हदबन्दीभन्दा बढी १८ रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको थियो। त्यसको विरुद्धमा दीक्षित परिवार त्यतिबेला सर्वोच्च पुगेको थियो। अख्तियार र सरकारविरुद्ध दीक्षित परिवारले दिएको भिन्नाभिन्नै तीनवटा रिटमा सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले २०८१ साल जेठ २० गते अख्तियार र भूमिसुधार कार्यालयको निर्णय बदर हुने फैसला गरेको थियो।

तर, सो फैसलाविरुद्ध सरकारले दिएको पुनरवलोकनमा सुनुवाइ अघि बढाउने गरी सर्वोच्चले बिहीबार निस्सा प्रदान गरेको छ।

हदबन्दीभन्दा बढी भई प्राप्त भएको जग्गा व्यक्तिगत रूपमा हक हस्तान्तरण भएको दाबीसहित सरकारका तर्फबाट २०८२ पुस ६ गते सर्वोच्चमा पुनरवलोकन निवेदन परेको थियो। रानी जगदम्बाले हदबन्दी छल्ने बदनियतसाथ लुकाएको जग्गा प्रेसको नाममा राखेर निजी भोग गर्ने उद्देश्य राखेको दाबी सरकारको छ। सर्वोच्चकै पूर्व फैसला उल्ट्याउन माग राखेर सरकारका तर्फबाट भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका कार्यालय प्रमुख अशोककुमार भट्टराईले पुनरवलोकन निवेदन दर्ता गरेका हुन्।

फाँटवारीमा नदेखाई लुकाएको जग्गासम्बन्धी भएको एउटा फैसला र हदबन्दीभन्दा बढी भई प्राप्त भएको जग्गा हक हस्तान्तरण भएको सम्बन्धमा अर्को मुद्दामा भएको फैसला उल्ट्याउन कार्यालयले माग गरेको छ।

श्रीदरबार टोल, पाटनढोका, मदन पुरस्कार पुस्तकालय तथा वरिष्ठ पत्रकार कनकमणि एवम् कुन्द दीक्षितलाई विपक्षी कायम गरेर पुनरवलोकन दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

के छ सरकारको माग?

कानुनविपरीत हदबन्दी नाघेर राखिएको जग्गा व्यक्तिको नाममा बनाउने फैसला हुँदा सर्वोच्चका न्यायाधीशद्वय चुडाल र सुवेदीबाट पूर्वनजिरको गम्भीर उल्लङ्घन भएको भन्दै विभिन्न कित्ता नम्बरका जग्गा सरकारको स्वामित्वमा आउनुपर्ने माग निवेदनमा गरिएको छ।

जगदम्बा प्रेसको सञ्चालन एवम् तिरो बुझाउने कार्यका लागि आफैँले गरिदिएको शेषपछिको मञ्जुरीनामाको लिखतलाई राजीनामाको प्रयोजनमा लगाएर कानुनविपरीत कार्य भएको जिकिर सरकारले लिएको छ।

ललितपुर महानगरपालिका वडा नं. ३ का कित्ता नम्बर ८०, ८१, ८२, ८३, ८४ र ८५ को ५ रोपनी २ आना जग्गासहित १७ रोपनी १३ आना जग्गा सरकारको नाममा ल्याइनुपर्ने माग गरिएको छ। जगदम्बा प्रेसको नाममा जग्गा राख्ने गरी भएको कार्यबाट सरकारलाई गुमराहमा राख्ने प्रयास भएको दाबीसमेत निवेदनमा गरिएको छ।

Xtrem

Xtrem

“यसरी लुकाई राखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८(१०) बमोजिम जफतयोग्य रहेको स्पष्ट छ,” पुनरवलोकन निवेदनमा उल्लेख छ।

साबिक दर्तावाला जगदम्बा प्रेसको नाममा प्राप्त भएको जग्गाको प्राप्तिको स्रोत नै दूषित रहेको जिकिर सर्वोच्चमा गरिएको छ।

के ६० वर्ष पुरानो जगदम्बाको फाँटवारी उल्टेला?

सरकारले पुनरवलोकन निवेदनसँग प्रमाणका रूपमा रानी जगदम्बा कुमारीले मिति २०२१–१०–२६ मा पेस गरेको ७ नं. फाँटवारीसमेत पेस गरेको छ।

यसअतिरिक्त, सर्भे नापीबमोजिमको जग्गाको विवरण, जग्गा दर्ताका लागि चन्द्रशेखर ज्ञवालीले मिति २०२५–०२–०८ मा दिएको निवेदन, रानी जगदम्बाले २०२५–०५–०६ मा दिएको निवेदन, मिति २०२५–०५–१७ को भूमि प्रशासन कार्यालय, ललितपुरको आदेश, भूमि प्रशासन कार्यालय, ललितपुरको मिति २०३०–०१–२२ को निर्णयपर्चा तथा सर्भे नाप–नक्साबमोजिमको क्षेत्रीय किताब उतार पनि पेस भएको छ।

यस्तै, रानी जगदम्बा कुमारी राणाको नामको जग्गाधनी दर्ता श्रेस्ता, नारायणी स–मिलका प्रो. चन्द्रशेखर ज्ञवालीको नामको जग्गाधनी दर्ता श्रेस्तालगायतका कागजपत्र निवेदनसँग संलग्न छन्। सरकारको मागबमोजिम फैसला आएमा जगदम्बाको फाँटवारी उल्टिन सक्ने कानुनका जानकारहरू बताउँछन्।

हेरौँ नजिरहरू

सरकारले पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतबाटै स्थापित विभिन्न नजिरहरू पेस गर्दै अघिल्लो फैसला उल्टिनुपर्ने माग गरेको छ।

‘पुनरावेदक जनार्दन पाण्डेसमेत विरुद्ध भूमिसुधार तथा व्यवस्था मन्त्रालयसमेत भएको मुद्दामा सर्वोच्च अदालतबाट “कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्ट खुल्नुपर्छ। सो सम्पत्ति क्रेताले कानुनबमोजिम प्राप्त गरेको हुनुपर्छ। तर, यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन भने सो सम्पत्ति व्यक्तिगत नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मानिनुपर्ने” सिद्धान्त प्रतिपादन भएको छ,’ मालपोत कार्यालयले भनेको छ।

नेपाल कानुन पत्रिकाको २०७६ सालको अंक ५, निर्णय नं. १०२७५ मा यस्तो नजिर उल्लेख रहेको सरकारको भनाइ छ। यस्तै, दुलाई यादवसमेत विरुद्ध जगदीश मण्डल धानुकसमेत भएको मुद्दामा पनि सोही प्रकृतिको नजिर स्थापित भएको जनाइएको छ। उक्त नजिर नेपाल कानुन पत्रिका, २०६६ साल, अंक ८, निर्णय नं. ८२०१ मा प्रकाशित भएको तथ्य पनि निवेदनसँगै पेस गरिएको छ।

“स्रोतविहीन दर्तालाई दूषित दर्ताको परिधिमा राखेर हेर्नुपर्ने हुन्छ। दूषित दर्ता गराउँदैमा कुनै सम्पत्तिमा अधिकारको सिर्जना हुन सक्दैन। त्यस्तो हुँदा दूषित रूपमा दर्ता गराइएको जग्गाको हस्तान्तरण प्रक्रियाको आडमा हैसियत परिवर्तन हुन सक्दैन,” पूर्वनजिर उल्लेख गर्दै भनिएको छ। “स्रोत नै दूषित भएपछि तद्पश्चातका क्रियाले वैधता प्राप्त गर्न नसक्ने भनी सम्मानित अदालतबाट सिद्धान्त प्रतिपादन भएको छ।”

यिनै नजिरका आधारमा सर्वोच्चको तत्कालीन फैसला उल्टाउन माग सरकारले गरेको छ।

नेपाल सरकारको नाममा कायम हुनुपर्ने सरकारी जग्गा व्यक्तिविशेषको नाममा कायम हुन जाने अवस्था देखाउँदै २०८१–०२–२० को फैसला पुनरवलोकन हुनुपर्ने सरकारको माग छ। उक्त फैसलामा सर्वोच्च अदालतबाटै स्थापित कानुनी सिद्धान्तको समेत गम्भीर व्याख्यात्मक त्रुटि भएकाले पुनरवलोकन हुनुपर्ने दाबी निवेदनमा गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै पत्रकार हुन् कि गुण्ड... बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै केन्द्रले २०८३ असोज १४ गते गरेको दैनिक अनुगमन तथा आवश्यक कारबाहीका लागि निर्देशनसम्बन्धी विवरणअनुसार गुल्मीका सरकारी कार्यालयसँगै का... बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्