काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने पक्का भएको छ।
उनी साउन २८ गते स्वदेश फर्कन लागेको सहयोगी भानु देउवाले नेपाललाइभलाई शनिबार जानकारी दिए। देउवाकी पत्नी डा. आरजु राणा भने तत्काल स्वदेश नफर्कने बताइएको छ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता देउवा गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका थिए। उनी फागुन १३ गते पत्नीसहित सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।