काठमाडाैं- विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीको १५ वर्षे पुरानो ट्वीट लिलामी भएको छ।
उनले आफूले गरेको पहिलो ट्वीट फागुन २२ गते बिक्रीका लागि अनलाइन बजार ‘भ्यालुएबल्स एट सेन्ट’ मा २५ लाख डलरमा राखेका थिए।
डोर्सीले उक्त ट्वीट ब्लकचेन टेक्नोलोजीमार्फत भर्चुअल वस्तुका रुपमा २.५ मिलियन डलर अर्थात करीब २९ करोड नेपाली रूपैयाँमा बिक्री गरेका हुन्।
सन् २००६ मार्च २१ मा डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् ‘भर्खरै मैले ट्वीटर खाता खोलें,’ लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।