काठमाडाैं- कांगाे– ब्राजभिलको प्रमुख विपक्षी दलबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका गाय ब्रिस पारफाइट कोलेलासको निधन भएको छ।
ब्राजभिलमा आइतबार राष्ट्रपतीय निर्वाचन सकिएको केही समयपछि ६१ वर्षीय कोलेलासको कोरोना भाइरसको संक्रमणबाट निधन भएको अलजजिराले जनाएको छ।
‘कोरोना संक्रमण भएपछि चुनावको पूर्वतिर उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारको लागि फ्रान्स लगिँदै गर्दा विमानमा मृत्यु भएको हो,’ कोलोलासका निर्वाचन प्रचार निर्देशकले क्रिश्चियन साइर रोड्रिग मयन्दाले भने।
मृत्यु हुनुभन्दा केही घण्टाअघि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो सेयर गरेका थिए। आफ्ना समर्थकलाई मृत्युसँग लडिरहेको बताएका थिए तर, निर्वाचनमा मतदान गर्न उनले आग्रह गरेका थिए।
‘मेरो प्यारो देशवासीहरू, म मृत्युसँग लडिरहेको छु,’ उनले भने, ‘यद्यपि म उठ्न सक्छु। परिवर्तनको लागि मतदान गर्दिनुहोला।’
कंगोमा आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपतिविरुद्ध कोलेलाससहित अन्य ६ जनाले उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।