Photo: Sai Aung Main/AFP
काठमाडाैं- युरोपेली संघ (ईयू)ले म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैनिक ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने भएको छ। सोमबार बस्न लागेको विदेशमन्त्रीहरुको बैठकले प्रतिबन्ध लगाउने ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले जानकारी दिए।
म्यानमारमा सेनाले शक्ति आफ्नो हातमा लिएसँगै निरन्तर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा सेनाले बर्बर दमन गर्दा अहिलेसम्म २५० जनाभन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन्।
‘म्यानमारमा प्रदर्शनकारीहरुमाथि दमन गर्ने ११ व्यक्तिविरूद्ध प्रतिबन्ध लगाउने छौं,’ उनले भने।
अहिलेसम्मक–कसलाई प्रतिबन्ध लगाइने हो केही खुलाइएको छैन। यद्यपि विदेशमन्त्रीहरुले प्रतिबन्धको औपचारिक निर्णय गरेपछि ती व्यक्तिहरुको नाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।
‘सैन्य समूहका सदस्यहरू, म्यानमार इकोनोमिक होल्डिंग्स लिमिटेड (एमईएचएल) र म्यानमार इकोनोमिक कर्पोरेशन (एमईसी) लक्षित हुने सम्भावना छ, यसका साथै उनीहरुको बैंक कारोबार रोकिने छ,’ एक अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।