काठमाडाैं- बिबिसीका म्यानमार संवाददाता अउङ थुरालाई सोमबार बिहान रिहा गरिएको छ। उनीसँगै नियन्त्रण लिइएका अर्का मिज्जीमाका समाचारदाता थान हटिक अउङबारे प्रहरीले केही खुलाइएको छैन।
उनीहरूलाई गत शुक्रबार म्यानमारकाे राजधानी नेपिडोमाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। गत फेब्रुअरीमा सेनाले सत्ता कब्जामा लिएपछि म्यानामारमा आन्दोलन चर्किरहेको छ।
म्यानमारमा सेना निकट जुन्ता सरकारले सैन्य शासन लागू भएयता ४२ पत्रकारलाई पक्राउ गरेकाे छ। पक्राउ परेका मध्ये २५ रिहा भएपनि १७ पत्रकार अझै कारागारमा रहेकाे बीबीसीकाे दावी छ।
सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुकाे समाचार संकलन गर्न पुगेका ती पत्रकारहरुलाई सुरक्षा फाैजले पक्राउ गरेकाे हाे।
म्यानमारको सैनिक निकट जुन्ता सरकारले गत बुधबारदेखि सबै स्वतन्त्र पत्रिकाहरू बन्द गराएको छ।
यसअगाडि पनि सेनाले सैन्य ‘कू’विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिजिमा र सात दिनको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो।
यद्यपी करिब ५० वटा मिडियाले आफ्नो रिपोर्टिङ जारी राख्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।