• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सन्दर्भ पानी दिवस : पानी कति र कसरी पिउने?

डा. हेमराज कोइराला सोमबार, चैत ९, २०७७  १०:२१
1140x725

पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्वीकारेका छन्। पृथ्वी र हाम्रो शरीरमा पानीकै बाहुल्यता छ। तर पनि यसको महत्वलाई बुझ्न नसक्दा मानिसले विभिन्न समस्या भोगिरहेका छन्।

पानीको महत्वलाई सबैसामु छर्लंग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण, सम्वर्द्धन र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मार्च २२ तारिखका दिन पानी दिवस मनाइँदै आइएको छ।

पानी सहकारिताको अन्तर्राष्ट्रिय वर्षको उपनामले सम्बोधन गरेर सधैंझैं यस वर्ष पनि विश्व पानी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्नु हामी सबैको दयित्व हो। 

मानव शरीर रचनामा सर्वाधिक (६०–७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो।

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ।

पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफैं पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने, गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्‍याउने काम पनि पानीले नै गर्छ।

एउटा वयस्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शारीरिक पानीको दुई तिहाइ हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ।

शरीरमा पानीको सन्तुलन बनाइराख्नका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानी आवश्यक पर्दछ। जसमध्ये ७ सय मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३ सय मिलि पानी शरीरभित्रै उत्पन्न हुन्छ। बाँकी पानीको पूर्ति पानी पिएर नै गर्नुपर्छ।

Ncell 2
Ncell 2

यसैगरी हरेक दिन ४ सय ५० मिलि पानी छालाबाट उडेर, ४ सय मिलि पानी श्वाससँगै घुलेर, १ सय ५० मिलि पानी दिसासँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ। 

पानी पिउनुका फाइदा
१. शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ। 

२. उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाइट (नुन) हरु र अन्य उत्पादलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्‍याउँछ। 

३. छालाको सौन्दर्यलाई जिवन्त राख्छ। मांसपेसी तथा स्नायु कोषहरुको कार्यक्षमतालाई सूचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्छ। 

४.पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठूलो भूमिका छ। पाचनपश्चात् आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ। 

५. तिख्रा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, कमल पित्त, मिर्गौला तथा पित्तथैलीको पथ्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिद्रा एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डन्डिफोर, महिनावारी गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने–घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग पुग्छ।

कति पिउने?
पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउनु जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउनु जरुरी छ।  

सामान्यतयाः पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले धेरै पानी पिउनु जरुरी छ। सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउनु आवश्यक छ। 

कसरी पिउने?
– तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यको लागि राम्रो होइन। 

– बिहान उठ्नेबित्तिकै लगभग १२ सय मिलि जति पानी पिउनु स्वास्थ्यकर छ। यसो गर्दा रातभरि सुत्दा हुनसक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ। 

– ठोस भोजन गर्नुभन्दा १ घन्टा पहिले र गरेपछि २ घन्टा पछिसम्म पानी पिउन हुँदैन। भोजन निल्न कठिन भएमा १० मिलिजति पानी लिन सकिन्छ, तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन्। 

– राति सुत्नुभन्दा अगाडि पनि प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ। यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन। 

– यसका अलवा दैनिक १–१ घन्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ। 

– खेल्दा, दौडदा र परिश्रम गर्नुभन्दा आधा घन्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नुन) हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनि आउन सक्छ। साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ। 

– तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्स तथा अन्य पेय होइन। 

– पिसाबलाई पहेंलो हुन नदिउँ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्