काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने एमाले ओली पक्षको केन्द्रीय कमिटीको निर्णय, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको आरोप
२) एमालेको नेपाल–खनाल पक्षले ओलीलाई बुझायो ५ बुँदे पत्र, पछिल्ला दिनमा ओलीको सक्रियतामा गरिएका निर्णयहरुको वैधानिकतामाथि प्रश्न, बैठक बस्ने स्थानको विषयमा पनि असन्तुष्टि
३) प्रतिनिधिसभाले विस्तारै लय समात्ने सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मिहेनत गर्नुपर्ने उल्लेख
४) म्यानमारमा जारी सैन्य ‘कू’विरुद्धको आन्दोलनमा शुक्रबार ९ इन्डोनेसियाली नागरिकको मृत्यु, ज्यान गुमाउनेको संख्या २३४ नाघ्यो, २ हजार तीन सय बढी प्रदर्शनकारी गिराफतार
५) र, गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले जिते दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि, दुवैले तोडे अघिल्लो संस्करणमा आफैले बनाएको कीर्तिमान
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।