काठमाडाैं- श्रीलङ्कामा चिनियाँ खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ। श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई शनिबार प्रयोगका लागि अनुमति दिएको हो।
यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने श्रीलङ्काका उत्पादन, आपुर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिए।
श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो। यसअघि अस्ट्राजेनिका र स्पुत्नीक भीले अनुमति पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।