काठमाडौं- म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या २३४ नाघेकाे छ। शुक्रबार भएकाे प्रदर्शनकाे क्रममा ९ इन्डाेनेसियाली नागरिककाे मृत्यु भएसँगै मृतककाे संख्या २३४ नाघेकाे राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी)ले जनाएकाे हाे।
शुक्रबार मध्यवर्ती शहर आङ्गबानमा प्रदर्शनकारीले गरेकाे अवरोध हटाउन खोज्दा सुरक्षा फौजले चलाएकाे गोली लागेर ९ इन्डाेनेसियाली नागरिककाे मृत्यु भएकाे थियाे।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुको भिड्लाई हटाइरहेको बेला सुरक्षा फौजले गोली चलाएको हो। ‘उनीहरु अवरोधहरू हटाउन आएका थिए तर, प्रदर्शनकारीहरुले प्रतिरोध गरे। नजिकै रहेका सुरक्षा फौजले भिड तितरबितर बनाउन उनीहरूमाथि गोली प्रहार गरे,’ पहिचान लुकाएर एक प्रत्यक्षदर्शीले टेलिफोनमा भने।
यता उत्तर पूर्वी शहर लोइकावमा एक प्रदर्शनकारीको मृत्यु भएको म्यानमार नाउले जनाएको छ। यस्तै योङ्गुनमा एक व्यक्तिलाई गोली हानेर हत्या गरेको दावी गरिएको छ। तर, घटनाको पुष्टि हुन सकेको छैन।
फ्रेबुअरी १ देखि हालसम्म २३ सय ३० भन्दा बढी प्रदर्शनकाहरु गिराफतार भएकाे बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।