काठमाडाैं- आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण-पश्चिममा ज्वालामुखी बिस्फोट भएको छ। आइसल्याण्डको मौसम विभागका अनुसार शुक्रबार रिकिन्स प्रायद्वीपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हाे।
ज्वालामुखी बिस्फोट स्थानिय समयअनुसार बेलुका ८: ४५ बजेबाट सुरु भएको विभागले जनाएकाे छ। ज्वालामुखी बिस्फोट भएको स्थानमा विगत तीन हप्तामा ४ हजारभन्दा बढी भूकम्प गएको थियो। त्यहाँ अन्तिम बिस्फोटन लगभग ८ सय वर्ष पहिले भएको बताइएको छ।
सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो। तर, यसपटकको बिस्फोटमा खरानी र धुवाँ धेरै नउडेकाले उड्यानमा अवरोध नहुने अधिकारीहरुले बताएका छन्।
ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ। सर्वेक्षणका लागि कोस्टगार्ड हेलिकप्टर पठाइएको बीबीसीले जनाएको छ।
‘म आफ्नो झ्यालबाट चम्किरहेको रातो आकाश देख्न सक्छु,’ बिस्फोटन क्षेत्रबाट ५ किलोमिटर पर बसोबास गरिरहेका रान्भेग गुडमन्ड्सडोटरले भने, ‘यहाँ सबै कार चलाउँछन्, हामी त्यहाँ पुग्दैछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।