काठमाडाैं- भारतीय विदेश मन्त्रालयले नेपाल र भुटानको मामिला हेर्ने वरिष्ठ अधिकारी परिवर्तन गर्ने भएको छ।
भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नर्थ डिभिजनका सहसचिवको जिम्मेवारी अनुराग श्रीवास्तवलाई दिन लागिएको हाे।
हाल नर्थ डिभिजनको सहसचिवमा अरिन्बाम बाग्ची छन्। बाग्चीलाई श्रीवास्तवको स्थानमा मन्त्रालयको प्रवक्ता बनाउन लागिएको छ। नर्थ डिभिजनलाई महत्वपूर्ण विभागको रुपमा लिने गरिनेछ।
सन् १९९९ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तव अफ्रिकी देश इथियोपिया र अफ्रिकी संघका लागि भारतीय राजदूत भइसकेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।