काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रतिनिधि सभा पुनःस्थापना भएपछि राम्रोसँग चल्न नसकेको संसद शुक्रवारदेखि सहज, दलहरुबीच नोकझोंक र कटाक्ष कायमै
२) प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बामदेव गौतमको धारणा, प्रधानमन्त्री ओलीसँगै वरिष्ठ नेता नेपाल र खनाल दोषी रहेको भनाइ
३) महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिए पदबाट राजीनामा, खरेलले राजिनामा दिएपछि प्रधानमन्त्री ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि गरे सिफारिस।
४) मिया सुलुहु हसन बनिन् तान्जानियाको पहिलो महिला राष्ट्रपति, अफ्रिका महादेशमा महिला राज्यप्रमुख भएको यो दोस्रो घटना, कार्यकारी प्रमुख पहिलो।
५) र, नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताका लागि ३५ खेलाडी सर्वाधिक मूल्यमा बिक्री, आठ खेलाडीलाई टिमले तिरे सर्वाधिक दुई लाख रुपैयाँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।