साङ्केतिक तस्बिर
काठमाडौं- चाल्नाखेल जंगलमा मृत भेटिएका दुई युवकको पहिचान खुलेको छ। मृत फेला परेकामा काभ्रेका मंगल तामाङ र नुवाकोटका अर्जुन खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए।
मृत भेटिएको स्थान नजिकै विषको बोतलसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ। दुवैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरुको मृत्युको कारण खुल्ने प्रहरीलेको भनाइ छ। यद्यपि, प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान छ।
उनीहरु दुवैजना बाङ्गेमुढामा बस्ने गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।