काठमाडौं– दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ परेका छन्। प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो।
बैंकिङ कसुरमा मुद्दामा पक्राउ पूर्जी जारी भएपछि दुगडलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त मालिगाउँलाई बुझाइएको कालिमाटी वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए।
दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरमा जाहेरी परेको थियो। उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो।
दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।