काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेका एमालेका वरिष्ठ नेता नेपालको धारणा, ओली पक्षको कूप्रचार रोकिने सम्भावना नरहेको भनाइ (मिल्ने अवस्था नरहेको नेता नेपालको आकलन )
२) मतभेद बढेपछि जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित, अर्को बैठक अब होलीपछि मात्र बस्ने अध्यक्ष महन्थ ठाकुरद्वारा जानकारी ।
३) काबेली ए को पिपिए संशोधन प्रस्ताव विद्युत प्राधिकरण सञ्चालक समितिबाट अस्वीकृत, तयारी नपुगेको भन्दै यो प्रस्तावमाथि थप छलफल जरुरी भएको सञ्चालक समितिको भनाइ ।
४) गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पुटिनले ट्रम्पलाई जिताउन सहयोग गरेको गुप्तचर विभागको दाबी, जो वाइडेनका विरुद्ध जनमत सिर्जना गर्न खोजेको आरोप ।
५) र, नाइजेरियन प्रशिक्षक तोपे फुजा धनगढी एफसीको मुख्य प्रशिक्षकमा अनुबन्धित, नेपाल सुपर लिगको पहिलो संस्करणमै महत्वपूर्ण जिम्मेवारी पाउँदा खुशी र उत्साहित भएको फुजाको प्रतिक्रिया ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।