काठमाडाैं- अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले उत्तर कोरियालाई आणविक हतियार कार्यक्रम त्याग्न चीनले दबाब दिनुपर्ने बताएका छन्। उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने बताउँदै चीनले यस कार्यमा भूमिका खेल्नुपर्ने बताएका हुन्।
दक्षिण कोरियाको राजधानी सोलमा उच्चस्तरीय सुरक्षा वार्ताको अन्त्यमा बोल्दै ब्लिन्केनले बुधबार बेइजिङ र प्योङयाङको सम्बन्ध सुमधुर रहेकाले चीनले उत्तरलाई आणविक हतियार निशस्त्रीकरणको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए।
‘उत्तरको बाह्य व्यापार चीनमार्फत जाने हुनाले बेइजिङको महत्त्वपूर्ण भूमिका रहेको छ। उत्तरविरुद्धको प्रतिबन्ध लागू नगराउनु हामी तथा हाम्रा साझेदारका लागि जोखिम हो,’ ब्लिन्केनले पत्रकार सम्मेलनमा बताए।
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षण गरेकाले उसमाथि राष्ट्रसंघको प्रतिबन्ध लगाएको छ। सो क्रममा उनले उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटना बढेको भन्दै उत्तरको आलोचना गरे। उत्तर कोरियासँग अमेरिकाले यस्ता समस्यका विषयमा छलफल गर्नका लागि सम्पर्कको प्रयास भइरहेको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।