काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एमाले एकतामा खतरा आइपरेको माधव नेपाल समूहको अवधारणा पत्र, राष्ट्रिय भेलाबाट तीन महिनाको कार्ययोजना बनाउँदै नेपाल समूह, स्वेच्छारी शक्तिविरुद्ध लड्ने रणनीति तयको तयारी ।
२) कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरु फिर्ता बोलाइयो, तर सरकारलाई समर्थन कायमै रहेको माधव नेपाल समूहको भनाई ।
३) अवैध जिपलाइन सञ्चालनमा पर्यटन विभागको संरक्षण, इजाजत नै नलिई सञ्चालित जिपलाइन सञ्चालन गर्न दिने गरी परिपत्र जारी, नागरिकको ज्यानमाथि खेलबाड ।
४) समलिङ्गी जोडीलाई विवाह गर्न नदिने सप्पोरोको अदालतको फैसला ‘असंवैधानिक’ कदम भएको जापानी जिल्ला अदालतको फैसला, प्रमुख सफलताका रूपमा अभियानकर्ताहरुको स्वागत ।
५) र, च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति अन्तिम दुई खेल हुँदै, लाइपजिग, बार्सिलोना र युभेन्टस बाहिरिसकेको अवस्थामा क्वाटरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।