काठमाडौं- दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।
जिल्ला भलिबल संघ इलामको आयोजनामा ठूलो टुडिखेल मैदानमा भएकाे खेलमा समूह ‘ए’ को आर्मीले भारतीय राष्ट्रिय भलिबल खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गरेको छ।
आर्मीले विर्तामोडलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले पराजित गर्न सफल भयो। समूह ‘ए’ कै दोस्रो खेलमा गण्डकी प्रदेशले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। गण्डकीले २६–२४, २५–२१, २५–२१ ले हराएको हो।
त्यस्तै समूह ‘बी’ को पहिलो खेलमा एपीएफले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो। एपीएफले २६–२४, २५–२२, १८–२५. १६–२५ र १५–१० ले हराउँदै विजयी सुुरुवात गरेको हो।
प्रतियोगिताको दोस्रो दिन अर्थात बिहीबार आर्मी र गौराद, दोस्रो खेलमा एपीएफ र दमक तथा तेस्रो खेलमा विमान ट्रेडर्स र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता चैत ४ देखि ८ गतेसम्म हुनेछ। प्रतियोगितामा ७ टोलीको सहभागिता छन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन्। समूह ‘बी’ मा एपीएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन्।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।