प्रतिकात्मक तस्बिर।
कैलाली- जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कैलालीमा प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ गोदावरी नगरपालिका-१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर भट्ट, धनगढी उपमहानगरपालिका-३ का डबल चन्द, बालकृष्ण पनेरु, गोदावरी नगरपालिका-५ का टेकबहादुर बिष्ट र भिमदत्त नगरपालिका-४ कञ्चनपुरका सन्तोष चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब निरीक्षक प्रतीक बिष्टका अनुसार जुवा खेलिरहेकाहरूकाे साथबाट नगद तीन लाख चौंतिस हजार रूपैयाँ, खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी बरामद भएकाे छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।