काठमाडौं– नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छिन्। प्रतिस्पर्धी आरडीएस क्लबकी रमिला श्रेष्ठलाई ४८ केजी तौल समूहमा अंकका आधारमा ३–२ ले हराउँदै उनी छनाेट भएकी हुन्।
त्यसैगरि ६० केजी तौल समूहमा बक्समाडौंकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छिन्। उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० ले हराइन्।
उनले बुधबार हुने फाइनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन्। खड्का ६० केजी तौल समूहमा बाइ पाएर फाइनल प्रवेश गरेकी थिइन्।
छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो। आइवा युथ वल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।