काठमाडाैं- हङकङस्थित अमेरिकी वाणिज्य दूतावासका दुई कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ। कर्मचारीमा संक्रमण भेटिएपछि वाणिज्य दूतावास गरिएको छ।
सोमबार दुई कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि दूतावास अस्थायी रुपमा बन्द गरिएको हाे। 'स्यानिटाइज र सफाई गर्न हामीले कन्सुलेटर जनरललाई बन्द गरेका छौं,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनेकाे छ।
यसैबीच सोमबार मात्र हङकङमा ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोमबार देखिएका संक्रमितमध्ये १३ जिमखानामा आबद्ध भएका मानिस भएको बताइएको छ। १४ जना भने विदेशबाट फर्किएका हुन्।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ३१२ पुगेको छ। संक्रमितमध्ये २०३ को मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।