काठमाडाैं- साउदी अरेबियामा भ्रष्टाचार गरेकाे अभियाेगमा कम्तिमा २४१ कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अघिकांश मन्त्रालयका कर्मचारी रहेकाे बताइएकाे छ।
पर्यवेक्षण तथा भ्रष्टाचार निरोध प्राधिकरण (नाजाहा)का अनुसार पक्राउ पर्नेमा आन्तरिक, स्वास्थ्य, नगरपालिका र ग्रामीण मामिला मन्त्रालय, आवास, शिक्षा, मानव संसाधन, सामाजिक विकास, भन्सार र हुलाकका कर्मचारी छन्।
पक्राउ परेका कर्मचारीविरुद्ध घुस लिएकाे, शक्तिको दुरुपयोग गरेकाे र जालसाजी गरेकाे अभियोग लगाइएको छ। उनीहरुविरुद्ध कानूनी प्रमाण पूरा गराई अदालतमा उपस्थित गराउने तयारी रहेकाे नाजाहाले जनाएकाे छ।
खाडी मुलुककाे सबैभन्दा ठूलो अर्थव्यवस्था रहेकाे साउदीले केही सयमयता भ्रष्टाचारविरुद्धकाे कारवाहीमा राेक्न कडाई गर्दै आएकाे छ।गत जनवरी ३.१ विलियन अमेरिकी डलर अवैध बाटाेबाटाे हुँदै विदेश लगेकाे आराेपमा ३२ जनालाई पक्राउ गरिएकाे थियाे।
नाजाहाका अनुसार साउदी केन्द्रीय बैंकका कर्मचारीहरूले विदेशी र व्यवसायीहरूको एक संगठित समूहसँग मिलेर कालाेधन देश बाहिर पुर्याउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।