काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एकताअघिकै एमालेको संरचनामा चल्नुपर्ने नेपाल पक्षको अडान, समय अघि बढिसकेको ओली पक्षको तर्क, २८ गतेको निर्णय रद्द गर्न ओली सहमत नभएपछि नेपाल पक्षको भेला नरोकिने ।
२) पिउने पानीको मूल्य बढाउन फेरि चलखेल सुरु, संसदीय समितिबाटै बजार मूल्यभन्दा बढी बोतलमा २० र जारमा ६० रुपैयाँसम्म तोक्न सुझाव ।
३) आगामी वर्षको बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थ मन्त्रालयको आग्रह, पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई सुझाव ।
४) म्यानमारमा जारी प्रदर्शनमा सेनाले चलाएको गोली लागेर एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या १२६ पुग्यो, चिनियाँ लगानीका उद्योगमा आगजनी ।
५) र, इटालियन सिरी ए मा काग्लियरीविरुद्ध युभेन्टसको ३–१ गोलअन्तरको जित, रोनाल्डोको ह्याट्रिक, आफ्नो कीर्तिमान तोडेकोमा पेलेले दिए रोनाल्डोलाई बधाइ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।