काठमाडाैं- आफूले निर्वाह गरिरहेको पात्रलाई थप सशक्त बनाउन अचेल कलाकार निकै मेहनत गरिरहेका छन्। केही समयअघि नायिका सुरक्षा पन्तले फिल्म ‘आमा’का लागि कपाल मुण्डन गरेकी थिइन्। बिहे गर्नुभन्दा अगाडि नायिका निशा अधिकारीले पनि कपाल पुरै मुण्डन गरेकी थिइन् ।
अहिले त्यही पदचाप पछ्याउँदै नायिका केकी अधिकारीले पनि कपाल मुण्डन गरेकी छिन्। आफूले काम गरिरहेको फिल्म ‘बोक्सीको घर’ ले मागे अनुसार उनले कपाल मुण्डन गरेकी हुन्।
सामाजिक सञ्जालमा कपाल खौरिएको तस्वीर केकीले सार्वजनिक गरेकी छिन्। उनले ०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई फिल्ममा उतार्ने कोशिस गरेकी हुन्।
यता, नायक प्रमोद अग्रहरीले भने नयाँ फिल्म ‘ए’ का लागि दाह्री बढाएका छन्। फरक पात्रमा ढाल्न मन पराउने प्रमोदले यो फिल्ममा भने गेटअपलाई पनि ध्यान दिएका छन्।
केही कार्यक्रममा पुग्दा पनि उनी त्यही फिल्मको पात्रको गेटअपमा पुगिरहेका हुन्छन्। उनले लामो दाह्री, नाकमा कुण्डल लगाएर हिँड्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।