काठमाडाैं- करिब २ घण्टा २५ मिनेटको फिल्म ‘रुही’ बिहीबारदेखि प्रदर्शनमा आएको छ। लामो समयदेखि ओटीटी प्ल्याटफर्ममा फिल्म हेरेर बिताएका बलिउड फिल्मप्रेमीले यो फिल्म हलमा हेर्न पाएका छन्।
हार्दिक मेहताले निर्देशन गरेको फिल्मले पहिलो दिन मात्रै तीन करोड भन्दा धेरैको व्यापार गर्यो। कमाइमा राम्रो भएपनि समीक्षामा भने फिल्म फेल खाएको छ। फिल्मको कथा, पटकथा र संवाद फितलो भएको भन्दै बलिउडका समीक्षकले फिल्मलाई पाँच स्टारमा जम्मा एक स्टार मात्रै दिएका छन्।
नेपालका मल्टिप्लेक्स हलमा पनि यो फिल्मलाई धेरै नै शो दिइएको छ। शनिबार हलमा दर्शकको राम्रो उपस्थिति पनि थियो। पुस १० गतेदेखि हल खुलेपनि रुहीले बल्ल केही दर्शक तान्न सकेको हल सञ्चालक बताउँछन्।
फिल्ममा राजकुमार राव, जान्हवी कपुर र बरुण शर्माको मुख्य भुमिका छ। यसअघि स्त्री निर्देशन गरिसकेका निर्देशकले बनाएको फिल्मले राम्रै दर्शक बटुलिरहेको छ। फिल्म हरर बिधामा बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।