काठमाडौं- भारतीय उद्योगपति मुकेश अम्बानीको घरनजिकै विस्फोटक पदार्थसहित स्कर्पियो गाडी राख्न संलग्न भएको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन्।
घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले मुम्बई प्रहरी सहायक निरीक्षक सचिन वाजेलाई शनिबार राति गिरफ्तार गरेको हो।
उनलाई १२ घण्टासम्म बयान लिइएको समाचारमा उल्लेख छ। सहायक निरीक्षक वाजेलाई आइतबार अदालत पेस गरिने बताइएको छ।
केही दिनअघि अम्बानीको घर नजिक विस्फोटक पदार्थ र हत्या गर्ने चेतावनी दिइएको पत्रसहितको स्कर्पियो गाडी फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।