काठमाडौं–विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कमाथि सेयरधनीहरुले मुद्दा हालेका छन्।
मस्कले सन् २०१८ मा अमेरिकी सेयर नियामक सेकसँग आफ्नो ट्विटरको प्रयोगबारे गरेको सम्झौता उल्लंघन गरेको भन्दै उनीमाथि मुद्दा हालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
डेलावेयर चान्सरी अदालतमा दर्ता भएको मुद्दाअमा मस्कको अनियमित ट्विट र मस्कले सम्झौता अनुपालना गरेको सुनिश्चित नगर्दा सेयरधनीहरुले घाटा बेहोर्नु परेको उल्लेख छ।
सो मुद्दामा गत मेमा मस्कले टेस्लाको सेयर मूल्य अति नै धेरै भएको भन्दै गरेको ट्विटसहित उनले गरेका धेरै ट्विट उजागर गरिएको छ। मस्कको कार्य र निर्देशकको निष्क्रियताका कारण उल्लेख्य वित्तीय क्षति भएको र यसको क्षतिपूर्ति तिर्नुपर्ने मागसमेत उठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।