काठमाडाैं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा नेपाल पक्षलाई कारबाही, यसअघि विभिन्न जिम्मेवारीमा रहेकालाई जिम्मेवारी मुक्त, महाधिवेशन मंसिर २ देखि ६ गतेसम्मलाई तोकियो ।
२) कांग्रेससँगको छलफलपछि अब माओवादी केन्द्रसँग पनि कुराकानी गर्ने जसपाको भनाइ, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरिए सरकारमा जाने पौडेल र सिटौला पक्षको निष्कर्ष ।
३) सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी सहित उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिस, सिद्धबाबा’लाई सफाइ दिने कोइरालालाई उच्च अदालतको न्यायाधीश ‘उपहार’ ।
४) म्यानमारमा सैन्य ’कू’ पछि भएको प्रदर्शनमा सेनाले कम्तीमा ७० जनाको हत्या गरेको संयुक्त राष्ट्रसंघको दाबी, मारिएकामध्ये आधाभन्दा धेरै २५ वर्षभन्दा कम उमेरका ।
५) र, विश्वकप छनोटको दोस्रो चरण र एसियन छनोटमा दशरथ रंगशालामा हुने विश्वकप छनोटको खेल अब कुवेतमा, एएफसीको निर्णयले नेपाल लगायतका देशहरुलाई भने घाटा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।