काठमाडाैं– शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) २० महिनापछि दुईतिहाई बहुमतसहित सिंहदबार प्रवेश गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, दुई वर्षपछिको चुनावमा अरू पार्टीले धुलो चाट्ने टिप्पणी ।
२) नेकपा एमालेमा नेपाल–खनाल पक्षले दियो प्रदेश र विभागमा जिम्मेवारी, निराश नभइ ओली प्रवृत्तिविरुद्ध हिम्मतसाथ अघि बढ्न कार्यकर्तालाई माधव नेपालको आह्वान ।
३) विना निष्कर्ष टुंगियो माओवादी केन्द्र र जसपाबीचको बैठक, रेशम चौधरीको मुद्दामा बनेन सहमति, चौधरीलाई रिहा गरे ओलीलाई धन्यवाद दिइने तर समर्थन नगर्ने उपेन्द्र यादवको दाबी ।
४) राष्ट्रपति जो वाइडेनको प्रशासनले म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने, यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने ।
५) र, विभागीय क्लब नेपाल पुलिस क्लबलाई ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको उपाधि, फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ आठ विकेटले पराजित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।